सार्वजनिक यातायात सेवा तत्काल खोल्न माग

वेलकम खबर
भदौ २३, २०७७

काठमाडौं। सार्वजनिक यातायात सेवा तत्काल खोल्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन्।

लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दूरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन्। सार्वजनिक यातायात केन्द्रीय महासङ्घको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ वुँदे मागपत्र समेत बुझाएका छन्।

कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर सङ्कटको अवस्थामा पुगेको र आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट सञ्चालित सीमित निजी सवारी सधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन महासङ्घले माग गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*