कोरोनाबाट एक पत्रकारको मृत्यु 

वेलकम खबर
भदौ २३, २०७७

कपिलवस्तु। कोरोना सङ्क्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ। सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए। भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि ११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो।

मृत्यु भएपछि उनको रिपोर्ट ताकेता गरेर मगाउँदा रिपोर्ट पोजिटिभ रहेको पुष्टि भएको हो। परिवारका अन्य सदस्यको भने रिपोर्ट आएको छैन। उनी २ दशक बढीदेखि पत्रकारितामा क्रियाशील थिए।

जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*