नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

वेलकम खबर
भदौ २०, २०७७

काठमाडौं। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए।

मृतकमा ३ महिला र ६ पुरुष रहेका छन्। मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन्। यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ। यस्तै पर्सा, महोत्तरी र रूपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*