उपत्यकामा ४०८ थप १ हजार ४१ मा कोरोना पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।
यससँगै देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको उनले बताए। यस्तै देशभर सक्रिय सङ्क्रमितको संख्या १७ हजार ८७० रहेको छ। संस्थागत आइसोलेसनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८ जना रहेका छन्।
यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ। यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेका छन् भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।
साथै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको छ।