१२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्किन आग्रह

वेलकम खबर
भदौ १८, २०७७

काठमाडौं। सरकारले १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ। कोरोना सङ्क्रमणको जोखिम १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई धेरै हुने भन्दै सो उमेर समूहका व्यक्तिलाई घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको हो।

काठमाडौं जिल्ला प्रशासनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा अत्यावश्यक काम परे पनि १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई घरबाहिर ननिस्किन भनेको हो।

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा भदौ २४ गतेसम्मका लागि निषेध आदेश जारी गरेको छ। कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासनले निषेध आदेश जारी गर्दै आएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*