उपत्यकामा ३८८ सहित थप ११ सय २० मा कोरोना पुष्टि
काठमाडौं। २४ घन्टाभित्र गरिएको परीक्षणमा देशभर थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा आठ सय पुरुष र तीन सय २० जना महिला छन्। बुधबार थप भएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ४१ हजार ६ सय १९ पुगेको छ।
मन्त्रालयका अनुसार यो अवधिमा ११ सय १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या २३ हजार दुई सय ९० पुगेको छ। संक्रमणमुक्त हुने दर ५६ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। हाल सक्रिय सङ्क्रमितको संख्या १८ हजार एक सय आठ छ।
त्यसमध्ये १० हजार चार सय ९३ जना संस्थागत आइसोलेसन र ६ हजार सात सय ६६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।संक्रमितमध्ये एक सय ४४ जनाको आइसियूमा र १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए। साथै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।