वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु

वेलकम खबर
भदौ १६, २०७७

वीरगन्ज। वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जको वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा एक पुरुष संक्रमितको मृत्यु भएको हो।

त्यसैगरी नारायणी अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका– २० हरपतगन्जका ५३ वर्षीय संक्रमित पुरुषको वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो।

उनमा ३१ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । सो पछि अस्पतालको आइसीयूमा राखेर उपचार भएरहेको थियो। त्यसैगरी वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा सोमबार राति मृत्यु भएका करिब वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सडकमा बिरामी भेटिएका उनलाई भदौ १३ गते उद्धार गरी नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको सोमबार राति पौने ९ बजे मृत्यु भएको थियो।

मृत्युपछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ। मृतकको परिचय र ठेगाना खुल्न सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*