प्रधानमन्त्री ओलीद्धारा मुखर्जीको निधनप्रति दु:ख व्यक्त

वेलकम खबर
भदौ १५, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दु:ख व्यक्त गरेका छन्। सामाजीक संजालबाट प्रधानमन्त्री ओलीले मुखर्जीको निधनबाट नेपालले एक ठुलो साथी गुमाएको बताएका छन्।

उनले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन उनले खेलेको भूमिका सधै सम्झिने बताएका छन्। प्रधानमन्त्री ओलीले मुखर्जीको निधनमा भारत सरकार, भारतीय जनता र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

मुखर्जीको सोमबार अपराहन्न दिल्लीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कोरोना संक्रमित समेत रहेका पूर्व राष्ट्रपति मुखर्जीको श्रावण २६ गते मस्तिष्कमा रगत जमेको पाइएपछि अप्रेशन भएको थियो।

त्यसपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*