ट्राफिक प्रहरीलाई गोदरेज कंज्युमर प्रोडक्टस लिमिटेडद्वारा फेस सिल्ड हस्तान्तरण

वेलकम खबर
भदौ ११, २०७७

काठमाडौँ। गोदरेज कंज्युमर प्रोडक्टस लिमिटेड (जीसीपीएल) नेपालले ट्राफिक प्रहरीलाई १ हजार ५५ थान फेस सिल्ड सहयोग गरेको छ। कोराना महामारीकोबीच ट्राफिक प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विहीवार कम्पनिले उक्त फेस सिल्ड हस्तान्तरण गरेको हो।

गोदरेज नेपाल समाज र देशप्रति सधैँ उत्तरदायी भएको र कोभिड-१९ मात्र नभएर राष्ट्रमा परि आउने जुनसुकै विषमपरिस्थितिमा पनि सधैँ साथ रहिरहने प्रतिवद्धता रहेको कम्पनीका प्रतिनिधिले बताए।

कोरोना महामारीबीचमा पनि गोदरेजले सरसफाइ तथा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मास्क स्यानिटाइजर लगायत अन्य डिसइन्फेक्ट लिक्विडहरु पनि बजारमा भित्राएको छ।

जनस्वास्थ्यको ख्याल राख्दै गोदरेजले यस अघि पनि काठमाडौका विभिन्न ४४ अस्पतालहरु र ४७ प्रहरी कार्यलयहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको थियो। त्यस्तै ३ हजार ८ सय २० गोदरेज नं. १ साबुन र २ हजार ७ सय ५० गुडनाइट अक्टाकोइल काठमाडौँका विभिन्न समुदायहरुमा वितरण गरेको थियो।

यसैबीच गोदरेज नेपालले भिमढुगांको वडानं ८ र काठमाडौँ जिल्लाका ३ सय परिवारलाई लकडाउनको समयमा राहत सामाग्री पनि वितरण गरेको थियो। दरेजले नेपाली बजारमा गोदरेजनं१ साबुन, गुडनाइट, हिट, हेयर कलर लगायतका थुप्रै प्रसिद्ध घरेलु तथा स्किन केयर उत्पादनहरु विक्री गर्दैआइरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*