सङ्क्रमणको दर बढेपछि फिदिम एक हप्ता बन्द

वेलकम खबर
भदौ ११, २०७७

फिदिम। पाँचथरमा कोरोना सङ्क्रमणको दर बढेपछि बिहीबार राती १२ बजेदेखि एक हप्ताका लागि फिदिम नगरपालिका बन्द गर्ने निर्णय भएको छ। अत्यावश्यक बाहेकका सबै गतिविधि बन्द गर्ने नगरपालिकाले निर्णय गरेको हो।

कोभिड १९ जोखिम व्यवस्थापन समितिले पनि बिहीबार रातीदेखि पाँचथरमा अत्यावश्यक बाहेकका दुई चक्के सवारी साधानसहित सबै प्रकारका सवारी साधन बन्द गर्ने निर्णय गरेको छ।

जिल्लामा कोरोना संक्रमण फैलन नदिन यातायात बन्द गर्ने निर्णय गरिएको होे। फिदिम नगरपालिकामा हालसम्म १२ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये पाँचजना निको भएर घर फर्किसकेका छन्।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयका चारजना प्रहरी जवालाई कोरोना संक्रमण भएपछि नगरपालिकाले फिदिम बन्द गर्ने निर्णय गरेको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*