विपी प्रतिष्ठानका पदाधिकारीलाई प्रभावकारी उपचारको व्यवस्था मिलाउन निर्देशन

वेलकम खबर
भदौ ९, २०७७

विराटनगर। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूसँग आज छलफल गरेका छन्।

प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले विपीका पदाधिकारीहरू उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन्।

मुख्यमन्त्री राईले बिपीका पदाधिकारीहरूलाई कोभिड र अन्य बिरामीहरूलाई छुट्टा९छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। उनले बिरामीहरूको राम्रो उपचार गराउन र आएका बिरामीहरूलाई नफर्काउन समेत पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।

तत्काल पिसिआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न पनि मुख्यमन्त्री राईले निर्देशन दिएका छन्। उनले पाँच सय क्षमताको आइसोलेसन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशीघ्र बनाउन पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्रीको निर्देशनसँगै विपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए। छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*