निषेधाज्ञामा खाद्यान्नको समस्या नहुने

वेलकम खबर
भदौ ६, २०७७

काठमाडौं। सरकारले निषेधाज्ञामा समस्या नहुने गरी खाद्यान्न मौज्दात रहेको दाबी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चामलमात्रै ९५ हजार २ सय ३९ मेट्रिक टन मौज्दात रहेको छ।

मन्त्रालयका अनुसार मौज्दात निजी क्षेत्रसँग ८५ हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग १० हजार २ सय ३९ मेट्रिक टन रहेको सरकारले साल्ट ट्रेडिङमा १ लाख ३५ हजार १ सय ९४ मेट्रिक टन नुन मौज्दात रहेको पनि उल्लेख गरेको छ।

चिनी भने १५ हजार ९ सय ४७ मेट्रिक टन मात्र रहेको मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार दाल तथा गेडागुडी २० हजार मेट्रिक टन र खाने तेल ७५ हजार ४ सय ५० मेट्रिक टन मौज्दात रहेको छ।

यसैगरी फापर ५८ क्विन्टल दाल तथा गेडागुडी २० हजार टन र खानेतेल ७५ हजार ४ सय ५ टन मौज्दात रहेको छ। विभिन्न जिल्लामा निषेधाज्ञा जारी भए पनि र अहिले पनि खाद्य पदार्थ आयात भई नै रहेकाले बजारमा खाद्यान्नको अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

यसबीचमा २ अर्ब ८२ करोड ५५ लाख ८० हजार रुपियाँबराबरको औषधिको कच्चापदार्थ र ८ अर्ब, ६१ करोड, ५८ लाख ६ हजार रुपियाँबराबरको औषधि आयात भएको छ। साउन २८ पछि मात्रै ८ हजार ८ सय मेट्रिक टन खाद्यान्न, ७ सय ४४ मेट्रिक टन दलहन, १ हजार १ सय ५६ मेट्रिक टन तरकारी, ३ सय ३८ मेट्रिक टन फलफूल, ४ मेट्रिक टन दूधजन्य पदार्थ आयात भएको छ।

यसैगरी २ करोड ८१ लाख ४७ हजार रुपियाँबराबरको औषधिको कच्चापदार्थ आयात भएको छ भने ४९ लाख ५७ हजार रुपियाँबराबरको औषधि आयात भएको छ। खाद्यान्न आपूर्तिको व्यवस्था सन्तोषजनक भएको मन्त्रालयले जनाएको छ। आन्तरिक उत्पादनलाई बजारसम्म ल्याउन सहजीकरण गरिएको आयात पनि भइरहेकाले खाद्यान्न अभाव नहुने मन्त्रालयको भनाइ छ। इन्धन आयातमा कुनै समस्या छैन।

अहिले औषधिजन्य पदार्थको आपूर्ति व्यवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। भारतले कोभिड–१९ रोकथामको केही प्रकृतिका औषधि निर्यातमा रोक लगाएको भए पनि कोभिड रोकथामको औषधि अभाव छैन। भारतले भेन्टिलेटर निर्यातमा प्रतिबन्ध लगाएको कारण केही अभाव हुने मन्त्रालयले जनाएको छ। यसका लागि भारतसँग पनि औपचारिक रूपमा छलफल भइरहेको छ।

लकडाउनको चैत ११ देखि साउन २८ सम्मको १ सय ४२ दिनमा ६ लाख ६२ हजार ७ सय ३९ मेट्रिक टन खाद्यान्न, १ लाख ३७ हजार मेट्रिक टन दलहन, १ लाख ८२ हजार मेट्रिक टन तरकारी, ६८ हजार ४ सय मेट्रिक टन फलफूल आयात भएको छ। यसबीचमा २ अर्ब ८२ करोड ५५ लाख ८० हजार रुपियाँबराबरको औषधिको कच्चा पदार्थ र ८ अर्ब, ६१ करोड, ५८ लाख ६ हजार रुपियाँबराबरको औषधि आयात भएको छ।

मन्त्रालयका अनुसार चैतदेखि साउन सम्ममा आयात क्रमशः बढ्दै गएको छ। यसमध्ये खाद्यान्न साउन महिनामा, दाल तथा गेडागुडी असारमा, तरकारी तथा फलफूल साउन, दूधजन्य पदार्थ वैशाखमा, औषधिको कच्चापदार्थ असारमा र तयारी औषधि जेठमा सबैभन्दा बढी आयात भएको छ।

आन्तरिक उत्पादनलाई बजारसम्म ल्याउन सहजीकरण गरिएकाले र आयात पनि भइरहेकाले कुनै पनि स्थानमा खाद्यान्नको अभाव नहुने मन्त्रालयको दाबी छ। मन्त्रालयका अनुसार दुर्गमका जिल्लामा समेत खाद्यान्नको मौज्दात रहेको छ। हाल नेपालमा नुनको मौज्दातले करिब नौ महिनाको माग धान्ने मन्त्रालयको दाबी छ।

चिनीको मौज्दात केही कम भएता पनि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रिया सुरु गरिसकेकाले यसमा समस्या नहुने पनि दाबी सरकारको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*