भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

पिसिआर परीक्षण सहज नभएका देशबाट यात्रु ल्याउन नपाइने
वेलकम खबर
भदौ ५, २०७७

काठमाडौ । सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको जानकारी गराएका हुन्।

पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो। खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाए।

सरकारले भदौं १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकिने जनाएको छ। त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्नेछ।

त्यस्ता उडानबाट आउने यात्रुले सात दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ। स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि १४ दिन होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नुपर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*