नेपाल आइपुग्यो कोरोनाको प्रभावकारी औषधि, कहाँ कहाँ उपलब्ध हुन्छ ?
काठमाडौ. । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर ९इन्जेक्सन० कानुनीबाटोबाट नेपाल आइपुगेको छ। अनुमती पाएका तीनवटा कम्पनी मध्ये सिनर्जी ओभरसिज नामक कम्पनीले माइलन ब्राण्डको रेमडेसिभिर नेपाल ल्याएको जनाईएको छ।
अनुमती पाएका मध्ये एउटा कम्पनीले हिजो बिहिबार बेलुका नै नेपाल ल्याईसकेको जानकारी आफुले पाएको बिभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
उनकाअनुसार अनुमती पाएको कम्पनीले ल्याएको रेमडेसिभिर आवश्यकताअनुसार अब सिधै अस्पतालको निगरानीमा संक्रमित बिरामीको उपचारमा प्रयोग हुनेछ। भारतबाट ल्याइएको रेमडेसिभिर कसरि प्रयोग हुन्छ भन्ने पोर्टोकल मिलाउने जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पाएको छ।
नेपाल ल्याउन अनुमती पाएका कम्पनीले नेपालका अस्पताल, चिकित्सक र बिरामीको निगरानीमा रेमडेसिभिर प्रयोग गर्ने र त्यसको जानकारी नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई गराउने गरि पोर्टोकल तयार गरिएको बताइएको छ।
कोभिड बिरामीको उपचार गर्ने अस्पतालमा यो औषधि उपलब्ध हुनेछ। अनुसन्धानका लागि प्रयोग गरिने यो औषधिको मुल्य बिरामीले तिर्नुपर्ने वा के हुने भन्ने लगायतका बिषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।
बिभागले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर कानुनीबाटोबाट नेपाल ल्याउनलाई गत शनिबार नेपालका तीनवटा कम्पनी यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई अनुमती दिएको थियो।bizpati