नेपालमा कोरोनाबाट थप ६ को मृत्यु, मृतक संख्या १२६ पुग्यो
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ।
बिहीबार आयोजित कोभिड-१९ नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौं र पर्साका १ –१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।