निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने
काठमाडौं। कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ। बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जानरआउन दिने आदेश भएको थियो।
तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए। प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो। अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ।
महानगरीय प्रहरी कार्यालयले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको जनाएको छ। माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई बताइएको छ।
उता नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ।काठमाडौं। कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ। बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जानरआउन दिने आदेश भएको थियो।
तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए। प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो। अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ।
महानगरीय प्रहरी कार्यालयले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको जनाएको छ। माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई बताइएको छ।
उता नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ।