निषेधाज्ञाको समयमा पनि पर्यटन मन्त्रालयमा एक चौथाई कर्मचारीबाट सेवा प्रदान
काठमाडौं। काठमाडौं उपत्यकामा बिहीबारबाट शुरु भएको निषेधाज्ञाको समयमा पनि संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको काम भने नरोकिने भएको छ।
मन्त्रालयले एक दिनमा एक चौथाई मात्र कर्मचारीबाट काम गराउने गरी तालीका बनाएको छ। एक साताका लागि काम गर्ने गरी कर्मचारीलाई चार समूहमा विभाजन गरिएको छ।
हरेक समूहको नेतृत्वले सहसचिवस्तरका अधिकृतबाट गर्ने र कर्मचारीलाई आवश्यकता अनुसार खटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। निषेधाज्ञाको समयमा समेत मन्त्रालयबाट प्रवाह हुने अत्यावश्यक सेवाको निरन्तरताका लागि यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।