निषेधाज्ञामा निस्किएका मोटरसाईकल र गाडी होल्ड, साँझ मात्रै फिर्ता गरिने
काठमाडौं। काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णय अनुसार निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाको समयमा स्थानिय प्रशासनले तोकेको मापदण्डमा परेका बाहेक अन्य सवारी साधानलाई ट्राफिक प्रहरीले भेटेकै ठाउँमा ‘होल्ड’ गर्न थालेको छ।
बिहिबार बिहान गाडी र मोटरसाईकल समेत ५ सय ९४ सवारी साधान होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० भिम प्रसाद ढकालले जानकारी दिए। उनले भने–‘स्थानीय प्रशासनले तोकेको र इमर्जेन्सी काम बाहेक निस्किएका गाडी र मोटरसाईकललाई होल्ड गरेका छौं।’
ट्राफिक प्रहरीले होल्ड गरेको सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन्। होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन्। करिब ४ सय १० वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको छ।