नेकपाको सचिवालय बैठक बोलाइयो

वेलकम खबर
भदौ १, २०७७

काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधानका लागि पहल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज सोमवार बिहानका लागि पार्टी सचिवालयको बैठक बोलाएको छ। सोमवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए।

नेकपाभित्र सहमतिको खाका बनाउन गठन गरिएको कार्यदललाई अनुमोदन गर्न सचिवालय बोलाइएको ती नेताले बताए। शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए।

माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सो कार्यदललाई सचिवालयबाट अनुमोदन गराउन माग गरेका थिए। कार्यदलले शनिवारदेखि नै काम शुरू गरेको छ। आइतवार पनि कार्यदलको बैठक बस्दैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*