पेट्रोलियम पदार्थको मूल्य बढ्यो

वेलकम खबर
साउन ३२, २०७७

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगमले जनाएको छ। नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*