थप एकको कोरोनाबाट मृत्यु

वेलकम खबर
साउन ३१, २०७७

वीरगन्ज। वीरगन्जको नारायणी अस्पतालमा शनिबार बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिकाको अठराहा सुगौलीका ४५ वर्षीया पुरुषको शनिबार बिहान ७ बजे तिर मृत्यु भएको थियो।

मृत्युपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको थियो। प्रयोशगशालाबाट शनिबार दिउँसो २ बजे प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई बिहान नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए। १० दिनदेखि ज्वरो र खोकीले ग्रस्त उनमा शनिबार बिहान अचानक श्वास फेर्न गाह्रो भएपछि अस्पतालमा ल्याइए लगत्तै उनको मृत्यु बताइएकोे छ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। साउनमा मात्रै २३ जनाको मृत्यु भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*