नेपालमा कोरान संक्रमित संख्या २६ हजार नाघ्यो, १०२ को मृत्यु, डिस्चार्ज १७ हजार २०१

वेलकम खबर
साउन ३१, २०७७

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार चितवनका ९, बाँकेका ११, बर्दियाका १४, काठमाडौँका ८०, ललितपुरका ९, भक्तपुरका ९, धनुषाका २७, काभ्रेपलाञ्चोकका ९, रामेछापका ३, मोरङका ६५, सप्तरीका २, सिरहका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपरासी पूर्वका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाही ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १, रुपन्देहीका २, महोत्तरीका ९, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १, तनहुँका २, दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१ र रौतहटका ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ सय २ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी-७ का ४० वर्षिय पुरुषको शनिबार उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

यस्तै पर्साको विरगञ्ज महानगरपालिका-१२ का ६० वर्षिय पुरुषको शुक्रबार गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षिय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। गौतमले पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ।

पछिल्लो २४ घण्टाममा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ रहेको छ। हाल देभभर १४ हजार ४ सय ४८ जना क्वारेन्टिनमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*