उपत्यकामा ३ दर्जन भन्दा बढी सेवा बन्द
काठमाडौँ। राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापाररव्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ। काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो।
काठमाडौंको खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको बताइएको छ।
त्यस्तै सबै प्रकारका सभारगोष्ठी, तालिम, सेमिनार, हलरपार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको बताइएको छ।
संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथरखुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिकरकामदार ओसारपसार तथा टेकवेबाहेक होटलररेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ।
निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि जनाइएको छ। उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ।