विभिन्न माग गदै अस्पतालका कर्मचारीहरु आन्दोलनमा

वेलकम खबर
साउन २६, २०७७

काठमाडौ । नेपाल निजामती  अस्पताल कर्मचारी संघ काठमाडौंंले विभिन्न माग गदै आन्दोलन गरेका छन ।
संघले नेपाल सरकारले तोकिएको न्युनताम सेवा सुविधा कायम गर्नुपर्ने विनियमावली लागु गर्नुपर्ने, कर्मचारीको सेवा सुविधमा एकरुपता कायम गर्नुपर्ने लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट शिफारिस करारलाई स्थायी गर्नुपर्ने माग राखेका छन ।

त्यस्तै अन्य मागमा अस्पतालका बेथिती तथा आर्थिक  चुहावटको अन्त्य गर्नुपर्ने, दैनिक ज्यालादारीलाई उचित ब्यवस्थापन गर्नुपर्ने निजामति प्राथमिकताका साथ सेवा प्रवाह गराउनु पर्ने माग राखेरे शुक्रवार देखि आन्दोलन शुरु गरेको नेपाल निजामति कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाले बताए । उनले माग पुरा नहुन्जेल आन्दोलन जारी रहने समेत बताए । अध्यक्ष धिमालले माग सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई समेत ध्यानाकर्षण गराएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*