कोरोना बढेपछि काठमाडौँका तीन क्षेत्रमा लकडाउन

वेलकम खबर
साउन २६, २०७७

काठमाडौँ। काठमाडौँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ।

काठमाडौँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबौद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताए। त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उनले बताए।

स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको प्रवक्ता डङ्गोलले बताए। गोरखापत्र दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*