भारतमा कोरोना संक्रमितको संख्या २२ लाख नाघ्योे

वेलकम खबर
साउन २६, २०७७

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो। संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*