कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो
काठमाडौँ, नेपालमा आईतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कास्कीको पोखरा र वीरगञ्जमा एक गरी दुई जनाको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेहरुमा कास्की घर भएका ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान, कास्कीमानिधन भएको थियो भने पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२, बस्ने १९ वर्षीय महिलाको नारायणी अस्थायी कोरोना विशेष अस्पताल, गण्डक पुर्याइएपछि निधन भएको थियो । मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।