उपत्यकामा ८७ सहित थप ३६० मा कोरोना पुष्टि, ५ को मृत्यु
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ६० लाई सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई सय ३३ जना डिस्चार्ज भएको बताए। योसँगै नेपालमा कोरोनालाई जित्नेको कुल सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ। ६ हजार २ सय ९६ सक्रिय सङ्क्रमित छन्।
त्यस्तै उपत्यकामा ८७ जना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र ललितपुरका १० जनामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या ८७१ पुगेको छ। सङ्क्रमितहरू काठमाडौंमा ६६९, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जना छन्।