कोरोनाविरुद्धको औषधि नबन्ने डब्लुएचओ चेतावनी

वेलकम खबर
साउन १९, २०७७

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको अचुक औषधि नबन्ने चेतावनी दिएको छ। डब्लुएचओले सोमबार आयोजना गरेको मिडिया ब्रिफिङमा प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसविरुद्धको अचुक औषधि नबन्ने चेतावनी दिएका हुन्।

कोरोना भाइरस विरुद्धको औषधि अहिले नभएको र भविष्यमा पनि नबन्ने भन्दै उनले भने, ‘कोरोनाभाइरसविरुद्धको अहिले र भविष्यमा ’सिल्भर बुलेट’ बन्दैन।’

सिल्भर बुलेट भन्नाले अचुक औषधिलाई उनले इंगित गरेका हुन्। सिल्भर बुलेट नहुने भएका कारण कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दूरी लगायत सावधानीका उपाय अवलम्बन गरिनुको विकल्प नरहेको उनको भनाइ छ।

विश्वभरि सामान्य जीवनलाई उकास्न र विनाशकारी आर्थिक संकट निम्त्याउने महामारीलाई रोक्न हरेक मानिसले बेला बेला आफ्नो स्वास्थ परीक्षण गर्ने, सामाजिक दुरीलाई पालना गर्ने र मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने जस्ता आधारभूत कुराहरुलाई ध्यान दिन विश्वभरका सरकार र नागरिकहरुमा डब्लूएचओका प्रमुख टेड्रोसको अपील छ।

नेपालसहित विश्वका कयौं मुलुक कोरोनाभाइरसविरुद्धको औषधि निर्माणमा लागेका बेला डब्लूएचओको उक्त चेतावनीसहितको अपील जारी भएको हो । कोरोनाभाइरस संक्रमण मानव समुदायबाट अन्त्य गराउन नसक्ने भनिए पनि तर, रोकथामका लागि भने औषधि बन्न सक्ने डब्लूएचओ आशावादी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*