विश्वभर कोरोना संक्रमित १ करोड ६४ लाख नाघ्यो, ६ लाख ५१ हजार बढिको मृत्यु
काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नागेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ६४ लाख ५हजार १३८ पुगेको हो। विश्वभर ६ लाख ५१ हजार ६७४ को मृत्यु भएको छ भने १ करोड ३७ हजार ६१७ निको भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख २९ हजार ६ सय २४ पुगेको छ। त्यहाँ १ लाख ४६ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा २४ लाख १९ हजार ९१ संक्रमित र ८७ हजार ४ को मृत्यु, भारतमा १३ लाख ८५ हजार ६ सय ८५ संक्रमित र ३२ हजार ६३ को मृत्यु तथा रुसमा ८ लाख ११ हजार ७३ संक्रमित र १३ हजार २ सय ४९ को मृत्यु भएको छ।
यस्तै, दक्षिण अफ्रिकामा पनि संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। त्यहाँ ४ लाख ४५ हजार ४ सय ५३ संक्रमित छन् भने ६ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ।