भारतमा एकैदिन ५० हजार बढि कोरोना पुष्टि

वेलकम खबर
साउन १२, २०७७

काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ। तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन्।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा सोमबारको यो तथ्यांक अहिलेसम्मकै धेरै हो। यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए।

भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो। संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*