उपत्यकामा थपिए ३ कोरोना संक्रमित
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जनासहित नेपालमा थप १ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र ललितपुरका १ जना, स्टार अस्पताल सानेपामा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
यसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्। निको हुनेको प्रतिशत ७०।६ रहेको प्रवक्ता गौतमले जानकारी दिए।त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।