भारतमा एकै दिन ३२ हजार बढि कोरोना सङ्क्रमित भेटिए
काठमाडौँ। भारतमा एकै दिन ३२ हजार ६८२ मा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यो भारतमा एकै दिन सङ्क्रमित हुनेको अहिलेसम्मकै धेरै सङ्ख्या हो।
सङ्क्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा सङ्क्रमितको सङ्ख्या ९ लाख ७० हजार १६९ पुगेको छ। यो सङ्ख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो।
अहिले सम्म सङ्क्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ।