हावाबाट कोरोना सर्ने प्रमाण भेटियो : डब्लूएचओ

वेलकम खबर
असार २४, २०७७

एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्गलबार कोरोना भाइरसको सङ्क्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ। यसअघि ३२ देशका २३९ वैज्ञानिकहरूले गरेको अध्ययनले हावाबाट कोरोना सर्ने पुष्टि गरेको थियो। साथै डब्लुएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न पनि अपिल गरेको थियो।

डब्लूएचओले कोरोना महामारीसँग सम्बन्धित टेक्निकल लिड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावा मार्फत कोरोना भाइरस फैलने आशङ्का माथि छलफल गरिरहेका छौँ। यसबारे विश्व स्वास्थ्य सङ्गठनकी बेनेदेत्ता आल्लेग्रांजीले कोरोना भाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न सकिएको छैन।’

उनले भने, ‘सार्वजानिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावा मार्फत भाइरस फैलने आशङ्कालाई अस्वीकार गर्न सकिँदैन। यद्यपि, यी प्रमाण सङ्कलन गर्न र बुझ्न आवश्यक छ। हामी यो काम जारी राख्नेछौं।’

यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरूपमा व्यक्तिको नाक र मुखबाट निस्केको सूक्ष्म छिटाबाट सार्ने बताएको थियो। तर यसअघि ३२ देशका २३९ वैज्ञानिकहरूले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*