कोभिडको विचमै यति प्रगति भयो पर्यटन मन्त्रालयको (विज्ञप्तिसहित)
काठमाडौँ। कोरोना भाइरसको महामारीको विश्वव्यापी सङ्क्रमणबाट सिर्जित असामान्य परिस्थितिको कारण नेपालमा यसको रोकथाम तथा सम्भावित क्षति न्यूनिकरण गर्न नेपाल सरकारबाट मिति २०७६ चैत्र ११ गते देखि लागू गरिएको लकडाउनबाट आर्थिक तथा सामाजिक गतिविधिहरू प्रभावित भएका छन्। पर्यटन क्षेत्र यस महामारीबाट गम्भीररूपले प्रभावित भएको छ।
साथै यही कोरोना महामारीको बिचमा भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्पादित कामहरूको प्रगतिबारे सार्वजनिक गरिएको छ। लकडाउनको प्रभावलाई न्यूनिकरण गरी यस क्षेत्रलाई चलायमान बनाउन पर्यटन मन्त्रालयको समन्वयमा मातहत तथा सम्बद्ध निकायहरूबाट आवश्यक तयारी गरिएको थियो। राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाई निरन्तरता दिइएको थियो।
त्यस्तै नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७७।१।२४ गते व्यापार, उद्योग, कृषि, निर्माण तथा बैङ्किङ क्षेत्रका निश्चित गतिविधिहरू खुला राख्ने निर्णय पश्चात आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गरी अन्य निकायहरूमा निर्माण कार्यलाई निरन्तरता दिइएको छ।
विज्ञप्ति:
नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
कोभिड-१९ बाट सिर्जित लकडाउनको अवधिमा मन्त्रालयद्वारा सम्पादित प्रमुख कार्यहरू
(२०७६ चैत्र ११–२०७७ आषाढ १५)
पृष्ठभूमि
कोभिड-१९ रोगको विश्वव्यापी संक्रमणबाट सिर्जित असामान्य परिस्थितिको कारण नेपालमायसको रोकथाम तथा सम्भावित क्षति न्यूनिकरण गर्न नेपाल सरकारबाट मिति २०७६ चैत्र ११गते देखि लागू गरिएको लकडाउनबाट आर्थिक तथा सामाजिक गतिविधिहरू प्रभावित भएका छन्। पर्यटन क्षेत्र यस महामारीबाट गम्भीररूपले प्रभावित भएको छ ।
लकडाउनको प्रभावलाई न्यूनिकरण गरी यस क्षेत्रलाई चलायमान बनाउन यस मन्त्रालयको समन्वयमा मातहत तथा सम्बद्ध निकायहरूबाट आवश्यक तयारी गरिएको थियो। राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाइ निरन्तरता दिइएको थियो भने नेपाल सरकार मन्त्रिपरिषदबाट२०७७।१।२४ गते व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रका निश्चित गतिविधिहरू खुला राख्ने निर्णय पश्चात आवश्यक सुरक्षात्मक उपायहरू अबलम्बन गरी अन्य निकायहरूमा निर्माण कार्यलाई निरन्तरता दिइएको छ। यस मन्त्रालयको पहलमा यस अवधिमा देहाय बमोजिमको प्रगति हासिल भएको छ ।
(क) उद्दार तथा सहजीकरण:
- चैत्र ११ गते देखि देशभर लकडाउन भएको कारण नेपालभित्र अलपत्र परेका विदेशीहरूलाइ मुलुकका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउने र सम्बन्धित देशको दूतावाससंगको समन्वयमा विदेशमा पठाउने कार्यमा नेपाल पर्यटन बोर्डमार्फत समन्वय गर्ने कार्य सम्पन्न भयो ।
- यस अवधिमा 611 जना विदेशी पर्यटक (हेलीकप्टरबाट 35 जना र Fixed Wing जहाजबाट 576 जना) र 339 जना नेपाली (हेलीकप्टरबाट 51 र Fixed Wing जहाजबाट 288) सहित जम्मा 950 जना पर्यटकको उद्दार गरिएको ।
- लकडाउनको अबधिमा 879 जना विदेशी नागरिकलाई सडक यातायातबाट उद्धार गरिएको।
- नेपाल पर्यटन बोर्डमा फागुन १९ गते कोभिड १९ संकट व्यवस्थापन इकाइ स्थापना गरी सो मार्फत नेपालमा अलपत्र रहेका पर्यटकलाइ सुचना र आवश्यक सहयोग गर्ने क्रममा 768वटा इमेल तथा 1550 फोनकल प्राप्त गरी पर्यटकलाई सल्लाह, सुझाब तथा उद्धार गरिएको ।
- स्वास्थ्य सामग्री अभाव भएको तत्कालीन अवस्थामा विशेष हवाई ढुवानीको व्यवस्था मिलाई चीन लगायतका देशबाट तत्काल सामाग्री आयात गर्न समन्वय गरिएको ।
- जुन १०, २०१९ देखि विदेशबाट नेपालीहरुलाई उद्वार गरी ल्याउने कार्य भएको । आगामी जुलाई १० सम्म उद्वार कार्य जारी रहने गरी नेपाल फिर्ता ल्याउने तालिका प्रकाशन गरी काम गरीएको ।
- मध्यपूर्व र यूरोपका अतिरिक्त विभिन्न 17 मुलुकहरूबाट मार्च 24 देखि 30 जुनसम्म नेपाल वायुसेवा निगम सहितकाअन्य वायुसेवाका कुल २14 उडानबाट १6,672 नेपालीलाई उद्दार गरी ल्याइएको र नेपालमा अलपत्र परेका विदेशी सहित १२,408 यात्रु विदेश प्रस्थान गरेका।साथै उद्धार गरिने मुलुकका दुतावासहरू तथा वायुसेवा कम्पनीसंग उडान तालिका र भाडा दरको समन्वय गरेको ।
- यस अबधिमा भएका कूल 261 अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमका 98, हिमालय एअरलाईन्सका 62, बुद्ध एअरका 4 र श्री एअरलाईन्सा 6 गरी नेपाली वायुसेवा निगमहरूले 170 उडान गरेका ।
- 47 वटा अन्तर्राष्ट्रिय कार्गो उडानबाट करीब 891 टन कार्गो भित्रिएको छ भने 472 टन कार्गो बाहिरीएको छ ।
- लकडाउन अबधिभर आन्तरिक उद्दार उडान तर्फ 61 पटक हेलिकप्टरबाट, 61 पटक Fixed Wing जहाजबाट र 305 वटा कार्गो जहाज उडान गरी सेवा प्रवाह गरिएको ।
- विदेशबाट उद्दार गरी हवाइ माध्यमबाट नेपाल ल्याइएका नेपाली नागरिकहरूलाई स्वास्थ्य सम्बन्धी प्रोटोकल बमोजिम होटल व्यवसायीहरूसँगको सहकार्यमा देशका विभिन्न स्थानका होटलहरूलाई क्वारन्टाइननस्थलराख्ने कार्यमा सहजीकरण गरिएको छ ।
- होटल तालिममा इन्टर्नमा रहेका ११४ जना नेपाली विद्यार्थीलाई यू.ए.इ. बाट उद्वार गरिएको।
- पर्यटन क्षेत्र तथा हवाइको नोक्सानी तथा पुनरूत्थान कार्यक्रमः
- पर्यटन तथा हवाइ क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन कमिटि गठन गरेको । समितिको प्रतिवेदन अनुसार प्रति महिना सरदर १० अर्वको कारोवार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान देखिएको । यस हिसावले चैत्र ११ गते देखि अहिले सम्म आइ पुग्दा ३४ अर्वको नोक्सान भएको छ । साउन ७ गते सम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्नेछ ।
- पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाएको ।नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाइ विवरण उपलव्ध गराएको ।
- नेपाल सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको ।
- होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्याएको।
- हवाइजहाज पार्किंग शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिश गरेको ।
- प्राधिकरण तथा नेपाल पर्यटन बोर्डलाइ तिर्ने रकमको अवधि बढाइएको र सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिन्हा गरेको
- लकडाउन अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको ।
- बजेटबाट पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न रू् २० करोडको बजेट व्यवस्था गरिएको छ ।
- होटल रेष्टुरेण्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यावसाय सुचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको छ ।
- वायुसेवा कम्पनीले लकडाउनका कारण उडान हुन नसकी रद्द गरेका टिकटको रकम फिर्ता गरि दिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सहजीकरण गरेको ।
- यस अबधिमा मन्त्रालयबाट भएका नीतिगत सुधारका कार्यहरु
ऐन, कानून
- प्रतिलिपि अधिकार ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरिएको ।
- अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरिएको ।
- नयाँ पर्यटन विधेयक, २०७७ को मस्यौदामा मन्त्रालयगत सहमति लिई कानून मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिका लागि पठाइएको ।
- नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७७ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ लाई मन्त्रिपरिषद्को स्वीकृति पश्चात राष्ट्रिय सभामापेश गरी विधायन समितिमा दफावार छलफल पूरा गरी प्रतिवेदन तयार गरिएको।
- प्राचिन स्मारक संरक्षण ऐन, 2013 को संसोधन प्रस्तावमा कानून मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिको लागि पठाइएको ।
- सन्धी, सम्झौता
- दृष्टिविहीन, दृष्टि क्षमता न्यून भएका वा मुद्रित वस्तु हेर्न असमर्थहरुका लागि प्रकाशित रचनासम्मको पहुँचलाई सहजीकरण गर्ने माराकेश सन्धि, २०१३ अनुमोदनका लागि राष्ट्रिय सभामा पेश गरिएको ।
- नियमावली
- विमानस्थलका कार्य तथा सेवाहरूको प्रभावकारी सञ्चालन सम्बन्धी सुविधादेय नियमावली, २०७७ कानून मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिका लागि पठाइएको।
- विमानस्थल दस्तुर नियमावली, २०६७ लाई संशोधन गर्न अर्थ मन्त्रालयमा राय/सहमतिको लागि पठाइएको ।
- पर्वतारोहण नियमावली र स्की नियमावली तर्जुमा गरी कानून मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिको लागि पठाईएको ।
- गुरूयोजना तथा एकिकृत व्यवस्थापन संरचना
- पशुपति क्षेत्रको दीर्घकालीन विकासको नयाँ गुरुयोजना तयार गरीविषयगत मन्त्रालयमा राय/सहमतिको लागि पठाईएको।
- लुम्बिनीकोएकीकृतव्यवस्थापन संरचना(IMF) तयार गरी स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद) मा पेश गरिएको।
- रोजगारी सिर्जना:
तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरू पहिचान गरी 30 दिनको लागि करीब 4000 रोजगारी सिर्जना हुने गरी लकडाउन अवधि तथा सो पश्चात तत्कालै कार्यान्वयन सकिने कार्ययोजना निर्माण गरिएको ।
- नागरिक उड्डयन क्षेत्र
हवाई सेवा पुन:सञ्चालन सम्बन्धीप्रोटोकल निर्माण तथा Social Distance Marking
- कोभिड-19 को जोखिम न्यूनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत भएको छ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका प्रमुख विमानस्थलहरूमा निश्चित दूरी कायम गरी सञ्चालन तयारीको लागि मार्किङ सहितका सुरक्षात्मक उपायहरूको प्रबन्ध गरिएको छ ।
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यस अबधिमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९1 प्रतिशत प्रगति भएको ।
- धावनमार्गपार्किङ्गक्षेत्रजोड्नेLink taxiwayनिर्माणसम्पन्नभएकोछ।
- रन वे लाइट जडानको कार्य अन्तिम चरणमा रहेको ।
- टर्मिनलभवनमाAir Conditioning तथाअन्यउपकरणजडानसम्वन्धीकार्यजारीरहेकोछ।
- Marble, Tiles, Aluminum तथा रंगरोगन कार्य जारी रहेको छ ।
- मेशीनरी तथा यन्त्र उपकरण आउने क्रम शुरू भएको छ ।
- थप रू. 5 करोड मुआब्जा बापत भुक्तान भएको छ।
- विमानस्थल निर्माण कार्यमा २९ चिनिया सहित २७५ जना कामदार निरन्तर परिचालित रहेको छ।
- निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा तटबन्ध कार्य
- जुरिच अन्तरराष्ट्रिय विमानस्थललाइ व्यावसायिक प्रस्ताव दिने म्याद सेप्टेम्वर २०२० सम्म थप गरी अन्तिम पटक म्याद बढाइएको छ ।
- विमानस्थलकोपरिमार्जित गुरूयोजनाको EOI मूल्यांकन सम्पन्न भई RFP मूल्यांकनको चरणमा रहेको ।
- पसाहा खोलाको 30 प्रतिशत तटबन्ध (३६५ मीटर) निर्माण कार्य सम्पन्न ।
- बकैया खोलाको 40 प्रतिशत तटबन्ध निर्माण कार्य सम्पन्न।
- विमानस्थल निर्माण क्षेत्रभित्रका रुख वुट्यानको छपानका लागि रूख विरूवा गणना गर्ने कार्य प्रारम्भ भएको ।
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यस अबधिमा थप ९ प्रतिशत भौतिक प्रगति भई जम्मा 59 प्रतिशत प्रगति भएको छ ।
- Access Road, Car Park Area / Terminal Area वरिपरिको Road को Sub-Base तथा Base Course कार्यसम्पन्न भै Rigid Pavement कार्य भैरहेको ।
- Sewage & Living Water System पाइपहरु विछ्याउने लगायत टर्मिनल भवन निर्माण र अन्य कार्यहरु सुचारु रहेको ।
- विमानस्थलमा यस अबधिमा निरन्तर कार्यरत जनशक्ति/उपकरण यस प्रकार छन् ।
- चीनीयाँ नागरिक- 244जना
- नेपाली नागरिक – 90जना
- हेभि उपकरण- 110वटा
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति तथा विस्तार:
- दक्षिण तर्फ बे-नं.1 तर्फ थप 2 वटा वाइडबडी जहाज पार्किङ गर्न मिल्नेगरी एप्रोन निर्माण सम्पन्न भएको: हाल 5 वटा वाइडबडीस्तरको जहाज पार्किङ गर्न सकिने ।
(बन्दाबन्दीशुरु हुन अगाडी ८० प्रतिशत प्रगति रहेकोमा हाल 100 प्रतिशत सम्पन्न)।
- दक्षिणतर्फ थप 300 मिटरधावनमार्ग र 300 मिटर रनवे निर्माण सम्पन्न भएको । (बन्दाबन्दी शुरु हुन अगाडी ८2 प्रतिशत प्रगति रहेकोमा हाल 100 प्रतिशत सम्पन्न)।
- अन्तर्राष्ट्रिय प्रस्थान तर्फ टर्मिनल भवन (स्टेरलाइज्ड हल) नयाँ निर्माण सम्पन्न भै संचालनमा आएको ।
- अन्तर्राष्ट्रियतर्फ प्रस्थान कक्षको टिकेटिंगतर्फ एक्सरे र ब्यागेज ह्याण्डलिंग बेल्ट राख्ने कार्य सम्पन्न भएको छ ।
- आगमन कक्षतर्फ नयाँ आगमन कक्षको निर्माण सम्पन्न भएको छ र केही प्राविधिक विषय पुरा गरेपछि संचालनमा ल्याइनेछ ।
- समानान्तर ट्याक्सी वे निर्माणका लागि एशियाली विकास बैंक संगको सम्झौतालाइ अन्तिम रूप दिइएको छ ।
- उत्तरतर्फ पार्किंग क्षेत्र विस्तारको ठेक्का लगाउने कार्य सम्पन्न भएको छ ।
- क्यानोपी थप गरी अन्तर्राष्ट्रिय टर्मिनलको क्षेत्र विस्तार गर्ने कार्य प्रारम्भ भएको छ ।
- जग्गाको मुआव्जा वितरण कार्य शुरू भएको छ ।
- आन्तरिक विमानस्थलतर्फ पार्किङ्गस्थल तथा ट्याक्सीवे मा कालोपत्रे स्तरीकरण (Overlay)को कार्य सम्पन्न भएको।
- उडान सुरक्षामा कुनै सम्झौता हुन नदिन यस अबधिमा प्राधिकरणले 13 वटा Quick Reference Guide र 10 वटा Advisory Circulars जारी गरेको छ ।
- वायुसेवा, विमानस्थल तथा अन्य उड्डयन सेवाले अपनाउनुपर्ने सुरक्षा तथा सावधानीका सम्बन्धमा Guidance to Airlines, Airports and Ground Services for Operations during COVID-19 जारी गरेको ।
यस अबधिमा निर्माणमा कार्यरत जनशक्ति:
- एप्रोन निर्माण तर्फ ४० जना
- बुटिक विमानस्थल निर्माणतर्फ ६० जना ।
- आन्तरिक विमानस्थलहरुमा यस अबधिमा भएको भौतिक प्रगति:
१ | भरतपुर, बैतडी, धनगढी, डोेटी विमानस्थल | Runway Taxiway Apron कालोपत्रे गर्ने कार्य सम्पन्न । | लकडाउन अघि ६५% कार्यसम्पन्न। | |
२ | सानोठिमि-प्रस्तावित ना.उ.प्रा.को भवन | भवननिर्माण कार्यमा निरन्तरता दिईएको । | ||
३ | जनकपुर, लुक्ला, तुम्लिङ्गटार | टर्मिनल भवननिर्माण कार्य जारी रहेको । | ||
४ | बझाङ, मसिनेचौर | Runway Taxiway Apron मा कालोपत्रे गर्ने कार्य जारी रहेको । |
||
५ | अर्घाखाँची, बलेवा, ताप्लेजुङ्गमा | माटो काट्ने कार्य सम्पन्न । | लकडाउन अघि ८०% कार्य सम्पन्न। | |
६ | कालीकोट, गुल्मी र इलाम | Runway Taxiway Apron मा Sub-Base तयार गर्ने कार्य लाई निरन्तर्ता दिईएको . |
||
७ | मथि उल्लेखित विमानस्थलहरु बाहेक अन्यविमानस्थल | विभिन्ननिर्माण कार्यहरु जारी रहेको । |
पर्यटन क्षेत्र
- पदमार्ग निर्माण: (41 कि.मि.)
- पर्यटन पूर्वाधारतर्फ खारे —सोतली— च्छो— रोल्पा:१२ कि.मि.
- कंचनजङ्का वेश क्याम्प: ११ कि.मि.
- मकालु हिमाल वेश क्याम्प: ७ कि.मि.
- ढोरपाटन—रुकुम—डोल्पा बोर्डर (यार्सा ट्रेल):५ कि.मि.
- विश्रामस्थल सहित माईपोखरी देखि सन्दकपुर सम्म जाने पदमार्ग: ३ कि.मि.
- विश्रामस्थल सहित गण्डकी प्रदेशको पञ्चासे क्षेत्रमा पदमार्ग: ३ कि.मि
- अन्य निर्माण (पर्यटन उपजको सौन्दर्यीकरण, फुटपाथ निर्माण, भ्यूटावर निर्माण, पुल पुलेसा)
- प्रदेश २ को धनुषाधाम क्षेत्रको धनुष पोखरीको सौन्दर्यकरण कार्य सम्पन्न,
- बागमती प्रदेशको ईन्द्रसरोवर क्षेत्रमा भ्यू टावर निर्माण कार्य सम्पन्न,
- प्रदेश ५ को जगदिशपुर ताल वरपरको क्षेत्रमा १ कि.मि. फुटपाथ निर्माण सम्पन्न,
- कर्णाली प्रदेशको रारा ताल क्षेत्रमा १०० मिटर काठे पुल तथा दुईवटा भ्यू डेक निर्माण सम्पन्न,
- सुदुर पश्चिम प्रदेशको कैलाली भादास्थित जोगिनिया ताल वरपरको क्षेत्रमा थप १ कि.मि. फुटपाथ र एक स्थानमा भ्यू डेक निर्माण कार्य सम्पन्न।
- एकीकृत विद्युतीय सञ्जाल सम्बन्धी एप्लिकेसन निर्माण कार्य सम्पन्न(Online Tourist Record Management Application):
- अध्यागमन विभागसंगको सहकार्यमानेपालमा आउने विदेशी पर्यटकहरूको एकीकृत तथ्याङ्क राख्न एकीकृत कम्प्युटर एप्लिकेसन निर्माण भैपरीक्षणको क्रममा रहेको छ ।
- Online Tracking System विकास: नेपाल आउने विदेशी पर्यटकहरूको होटल, लज, रिसोर्टमा बसाइको विवरण प्राप्त गर्नOnline Tracking System विकास गरी सम्बन्धित व्यवसायलाई आवद्ध हुन सूचना गरिएको ।
- व्यवसाय पुनरूत्थान सुझाब
पर्यटन तथा उड्डयन व्यवसायलाई राहत सहुलितय प्रदान गरी पुनरूत्थान गर्न नेपाल सरकारको वार्षिक बजेट (आ.व. 2077।78) मा समावेश गर्ने गरी मातहत निकायका प्रमुख, सम्बन्धित व्यवसायी प्रतिनिधी र नेपाल पर्यटन वोर्डको समन्वयमा सुझाबहरू तयार गरी अर्थ मन्त्रालयमा पठाइएको छ ।
- संस्कृति क्षेत्र
- सम्पदा पुननिर्माण
- विश्व सम्पदा:मुस्ताङ्ग एक्लेभट्टीमा चट्टानका मूर्ति(Petroglyph)संरक्षण लगायत ३ वटा आयोजना सम्पन्न भएको।
- पुरातात्विक सम्पदा: बुढासुब्बा मन्दिर संरक्षण, धनुषाको जानकी मन्दिर संरक्षण लगायत ३९ वटा आयोजनाको सम्पन्न भएको।
- भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदा:४० वटासम्पदाहरूको पुननिर्माण तथा संरक्षणका आयोजना सम्पन्न भएको।
- काष्ठमण्डपको पुन:निर्माण कार्यमा16 जना कालिगढबाट निरन्तर कार्य भइरहेको।
- लुम्बिनी क्षेत्र
- अन्तर्राष्ट्रिय सभा तथा ध्यान केन्द्र निर्माण:5000 व्यक्तिक्षमताको अन्तर्राष्ट्रिय सभा तथा ध्यान केन्द्रको करिव १० हजार स्क्वायर मिटर क्षेत्रमा छाना लगाउने काम, भूईमा Mosaic लगाउने काम, शौचालय निर्माण कार्यको 90 प्रतिशत कार्य सम्पन्न भएको ।
- सडक स्तरोन्नती:महिलावर चोकदेखि मायादेवी मन्दिर जाने करिव ८०० मीटर सडक स्तरोन्नतिको 80 प्रतिशत कार्य सम्पन्न भएको ।
- भवन निर्माण:गुरुयोजना अन्तर्गत नै Colonnade, Staff Quarter Blockहरुको कार्यमा निरन्तरता रहेको ।
- संरक्षण तथा सरसफाई:विश्व सम्पदा सूचिमा सूचिकृत मायादेवी मन्दिर परिसर भित्रको पवित्र पुष्करिणी पोखरी तथा प्राचीन पुरातात्विक संरचनाहरु पुरातात्विक मापदण्ड अनुसार संरक्षण तथा सरसफाईको कार्य सम्पन्न भएको।
- सरसफाई तथा मर्मतको कार्य:गुरुयोजनाको मेरुदण्डको रुपमा रहेको केन्द्रिय नहरमा पानी सुकाएर गर्नुपर्ने सरसफाई तथा मर्मतको कार्य सम्पन्न भएको।
- तारवार, पैदलमार्ग तथा सौन्दर्यीकरण:प्राचीन कपिलवस्तुको तिलौराकोटमा तयार भएको पैदल मार्गको पश्चिमद्वार निर्माण, भग्नावशेषको संरक्षण, रामग्राममा तारवार तथा लुम्बिनीमा सरसफाई तथा सौन्दर्यीकरण गर्ने कार्य सम्पन्न भएको।
- इलेक्ट्रिकल चार्जिङ्ग स्टेशनका सामग्रीप्राप्ति:इलेक्ट्रिकल चार्जिङ्ग स्टेशनका निम्ति चार्जरहरु जडान भएको।
- वृहत्तर जनकपुर क्षेत्र
- वृहत्तर जनकपूर क्षेत्रमा रहेका हनुमान मन्दिर, महारानी मन्दिर र दुर्गा मन्दिरको अधुरो काम सम्पन्न गरेको
- घुम्ती वायो शौचालय संचालनमा ल्याएको छ।
- पुरस्कारको निम्ति श्रष्टा तथा सर्जक छनौट
(राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार)
- चन्दननाथ, दन्तकाली र घरवास पर्यटनकाकला, साहित्य, संस्कृति संरक्षण तथा प्रवर्द्धन सम्बन्धी ३ वटा वृत्तचित्र निर्माण प्रसारण गरिएको ।
- पशुपति क्षेत्र
राष्ट्रिय गौरव तर्फ | लकडाउन अगाडीको प्रगति | लकडाउन अबधिको प्रगति स्थिती |
प्रमुख क्रियाकलापहरु | ||
गौशाला भुवनेश्वरी दर्शन मार्ग स्तरोन्नति | कार्य चालु | २५० मीटरमा प्रस्तरफलक छापिएको |
जयवागीश्वरी स्थित सुन्धारा संरक्षण तथा बाताबरणसुधार | कार्य चालु | कार्य सम्पन्न |
कैलाश उमाकुण्डमा घेरा पर्खाल तथा हरियाली विकासकार्य | कार्य चालु | कार्य सम्पन्न |
सार्वजनिक शौचालय निर्माण तथा स्तरीकरण | कार्य चालु | कार्य सम्पन्न |
मेलापर्वमा मर्मत रङ्गरोगन | कार्य चालु | कार्य सम्पन्न |
बनकाली प्रहरी कार्यालय बीचमा सिमांकन | कार्य चालु | कार्य सम्पन्न |
मृगस्थलीमा भू-क्षय नियन्त्रण कार्य | कार्य चालु | कार्य सम्पन्न |
जितजंग प्रकाशेश्वर मन्दिर प्रांगण संरक्षण कार्य | कार्य चालु | कार्य सम्पन्न |
सिफल घ्याम्पेपाटी जीणोद्दार | कार्य चालु | कार्य सम्पन्न |
विभिन्न मन्दिरमा गजुर राख्ने कार्य | कार्य चालु | कार्य सम्पन्न |
राष्ट्रिय पुनर्निर्माण तर्फ | ||
गुहेश्वरी चौघेरा सत्तल पश्चिम खण्ड | कार्य चालु | कार्य सम्पन्न |
मृगस्थली क्षेत्रका शिवालयहरु पुनर्निर्माण | कार्य चालु | कार्य सम्पन्न |
किराँतेश्वर सत्तल | कार्य चालु | कार्य सम्पन्न |
लक्ष्मीनारायण सत्तल पुनर्निर्माण | कार्यचालु | कार्य सम्पन्न |
निर्वाणेश्वर सत्तल तथा मन्दिर | कार्यचालु | कार्य सम्पन्न |