‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन हुँदै

वेलकम खबर
असार १३, २०७७

एजेन्सी। युनिलिभर कम्पनीले फेयर एण्ड लभ्लीको नाम परिवर्तन गर्ने भएको छ। चर्चित सौन्दर्य क्रिम फेयर एण्ड लभ्लीले छाला गोरो बनाउने नाममा नकरात्मक मानसिकतालाई प्रचार गरेको आरोप निरन्तर भोगी रहेको कारण कम्पनीले नाम परिवर्तन गर्ने निर्णय गरेको हो। फेयर एण्ड लभ्ली भारत, इन्डोनेसिया, थाइल्याण्ड र पाकिस्तान लगायतका एशियाली राष्ट्रहरूमा बिक्री हुने गर्दछ।

उक्त ब्रान्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोणतर्फ अग्रसर गराउने लक्ष्यका साथ कम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्रान्डको नाममा रहँदै आएको ‘फेयर’ शब्द प्रयोग नगर्ने भएको छ। ‘फेयर एण्ड लभ्ली’ को नयाँ ब्रान्ड नाम आवश्यक कानूनी प्रक्रियाहरू पूरा भएपछि सार्वजनिक गरिने जनाइएको छ।

रङ्ग विभेद गरेको आरोप लागिरहेको यस कम्पनीले अब सबै किसिमका छालाका रङ्गहरुलाई समावेश गर्दै सौन्दर्यको विविधता मनाउने जनाइएको छ। कम्पनीले पहिले र अहिले भन्दै देखाइने रङ्ग अन्तरको प्याकेजिङ पनि हटाइसकेको जनाएको छ। हालै मात्र फेयर एण्ड लभ्लीको उत्पादन रोक्न दबाब दिनका लागि दुई भिन्न किसिमका हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो जसमा १८ हजार भन्दा धेरैको हस्ताक्षर रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*