विश्वमा कोरोनाबाट छुटकारा पाउनेको सङ्ख्या ५० लाख ४६ हजार नाघ्यो
काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट छुटकारा पाउनेको सङ्ख्या ५० लाख ४६ हजार नघेको छ। हालसम्म विश्वमा ५० लाख ४६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन्। भने पछिल्लो २४ घण्टामा करिब २ लाख नयाँ सङ्क्रमित थपिएका छन्। यो सँगै विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ लाख ५९ हजार पुगेको छ। यस्तै, मृत्यु हुनेको सङ्ख्या पनि ४ लाख ७९ हजार ८७९ पुगेको छ।
कोरोनाको केन्द्रबिन्दु बनेको अमेरिकामा हाल सम्म कोरोना सङ्क्रमित १० लाख २० हजार ४०३ जना उपचार गरेर निको भएका छन्। अमेरिकामा हालसम्म १ लाख २३ हजार ४७५ जनाको मृत्यु भएको छ। त्यहाँ सङ्क्रमितको सङ्ख्या २४ लाख २४ हजार ४१८ पुगेको छ।
साथै ब्राजिलमा हालसम्म ११ लाख ५१ हजार ४७९ जना सङ्क्रमित हुँदा ५२ हजार ७७१ जनाको मृत्यु भएको छ। रुसमा ५ लाख ९९ हजार ७०५ सङ्क्रमित हुँदा ८ हजार ३६९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ४ लाख ५६ हजार १८३ सङ्क्रमित हुँदा १४ हजार ४८३ जनाको मृत्यु भएको छ। बेलायतमा हालसम्म ४२ हजार ९२७ जनाको मृत्यु भएको छ भने ३ लाख ६ हजार २१० जना सङ्क्रमित रहेका छन्।
स्पेनमा सङ्क्रमितको सङ्ख्या २ लाख ९३ हजार ८३२ पुगेको छ भने २८ हजार ३२५ जनाको मृत्यु भएको छ। पेरुमा २ लाख ६० हजार ८१० जना सङ्क्रमित हुँदा ८ हजार ४०४ जनाको मृत्यु भएको छ। चिलीमा २ लाख ५० हजार ७७६ सङ्क्रमित हुँदा ४ हजार ५०५ जनको मृत्यु भएको छ।