माघसम्म कोरोना नियन्त्रणमा आउँछः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघसम्ममा नेपालमा कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले दसैं(तिहारले संक्रमण थप बढाउन सक्ने भए पनि माघसम्ममा नियन्त्रणमा आउने दाबी गरे।
ुदसैं(तिहार वा छठ जस्तो चाडपर्वले संक्रमणको ग्राफ बढाउन सक्छ तर मंसिरको अन्तिम सातादेखि फेरि ग्राफलाई तल लान सक्छौं,ु ओलीले भने, ुमाघसम्ममा नियन्त्रणमा आउनसक्छ र सम्भवत फागुन नियन्त्रणको महिना हुनसक्छ।ु
नेपालमा विदेशबाट आउने व्यक्तिहरूबाट संक्रमणको जोखिम रहेको भन्दै साउनको अन्त्यसम्म यो अझै माथि पुग्ने उनको भनाइ छ।
ुचैतदेखि दैनिक ७ हजारसम्म मानिस आए। हिजोको हेर्दा दुई हजारमा झेरेको छ। यसलाई हेर्दा हामी साउनको अन्त्यसम्म पिक हुने अनुमान गर्न सक्छौं वा भदौंको सुरूतिर। त्यसपछि यो ओरालो लाग्छ र क्रमशस् नियन्त्रण गर्नसक्छौं,ु उनले भने।
प्रधानमन्त्री ओलीले नेपालमा अझै संक्रमण नियन्त्रणबाहिर नगएको दाबी गरे।
ओलीले भने, ुहामीले हात उठाइसकेको अवस्था छैन। भगवान भरोसा भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेर लाचारी प्रकट गरेको देखेका छौं। हामीले त्यस्तो गरेको छैन।ु