राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये पर्यटन मन्त्रालयको प्रगति अगाडी

काठमाडौँ । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत पर्ने आयोजनाको चालु आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडी रहेको छ ।
पर्यटन मन्त्रालय अन्र्तगतका गौतम बुद्ध क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजनामा पर्छन् । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मुल्यांकन महाशाखाले तयार पारेको प्रतिवेदन अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा गौतम बुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थको १५ प्रतिशत कार्य प्रगति भएको छ भने पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको प्रगति १४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा ७५ प्रतिशत काम सम्पन्न भएको गौतम बुद्ध विमानस्थलकोे भौतिक प्रगति चालु आर्थिक वर्षको नौ महिनामा १५ प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ । त्यस्तै गत आर्चिक वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत काम पुरा भएकोे पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको चालु आर्थिक वर्षको नौ महिनामा १४ प्रतिशत बढेर ५६ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले आयोजनाका प्रमुखहरुसँग गत बैशाख १८ र २२ गते अनलाइन छलफल गरि पछिल्लो प्रतिवेदन तयार पारेको जनाएको छ ।
आयोगको उक्त प्रतिवेदनका अनुसार, राष्टिय गौरवका अरु आयोजनाहरुमा चालु आर्थिक वर्षको चैतसम्ममा मेलम्ची खानेपाानी आयोजनाको भौतिक प्रगति ९७.५ प्रतिशत सकिए पनि गत असारयता २.३८ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ ।
हुलाकी राजमार्ग भौतिक प्रगति ४८ प्रतिशत र असार यता ४ प्रतिशत मात्र छ भने उत्तर दक्षिण लोक मार्गको काम असार यता ०.१ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । असार अघिसम्म २० प्रतिशत काम पुरा भएको मा चालु आवको चैतसम्ममा २०.१ प्रतिशत मात्र काम भएको छ ।
त्यस्तै भेरी डाईभसन काम ४०.६१ प्रतिशत सम्पन्न भएपनि असार यता २. २१ प्रतिशत मात्र काम भएको देखिएको छ । त्यस्तै बवई सिंचाई आयोजना ४७.७८ प्रतिशत काम सम्पन्न भएपनि असारयता १ .३८ प्रतिशत बढेको छ ।
लकडाउनका बेला पनि पर्यटन मन्त्रालय अन्र्तगत पर्ने दुई क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको काम एक दिन पनि रोकिएको छैन । ‘अवस्था सामान्य भइदिएको भए पर्यटन मन्त्रालय अन्र्तगतका आयोजनाको प्रगति अवस्था निकै राम्रो हुनेथियो’, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइले भने, ‘लकडाउनकै समयमा पनि हामीले भ्याएसम्म साधन स्रोतको प्रयोग गरेर काम गरिरहेका छौं ।’ लकडाउन खुलेर अवस्था सामान्य भएपछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम चाडै नै सम्पन्न हुने र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको काम यहि अवस्थाकावीच पनि तोकिएकै समयमा सम्पन्न हुने मन्त्री भट्टराइले बताए ।
गौतम बुद्ध क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा अहिले पनि २९ चाईनिज सहित एक सय ५० जनाले काम गरी रहेको गरि रहेको सो विमानस्थल आयोजनामा प्रमुख प्रवेश अधिकारीले बताए । सन् २०२० को मार्चसम्ममा निमार्ण सम्पन्न गरिसक्ने गरी सन् २०१४ नोभेम्वरवाट निर्माण कार्य थालिएको यस विमानस्थलको काम विश्वमहामारीको रुप लिएको कोरोनाभाइरसकै कारण केहि समय पर धकेलिएपनि महामारीकै वीच पनि उपलब्ध साधन स्रोतको उच्चतम प्रयोगका साथ भइरहेको आयोजना प्रमुख अधिकारीले बताए । कोरोना भाइरसको महामारी शुरु हुनु अघि भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ५५ प्रतिशत रहेको काम अहिलेसम्म भौतिकतर्फ ९० प्रतिशत तथा आर्थिक तर्फ ६३ प्रतिशत प्रगति भइसकेको पनि उनले बताए ।
मार्चमम्ममा काम सकिने भनेपनि जनवरीबाटै चीनवाट आउनु पर्ने सामाग्रीहरु रोकिएपछि काम प्रभावित भएको हो । अहिले पनि कतिपय सामाग्री वीच वाटो (ल्हास्सा) मा आएर रोकिएको छन् भने कतिपय समाग्री प्याकिङ नै नभएको अधिकारीले बताए । उनले भने–‘हामीले चिनियाँपक्षलाई आउनु पर्ने सामाग्री चीनको सिमासम्म ल्याउने पहल गरिदिन आग्रह गरिरहेका छौं । त्यहाँ सम्म ल्याउने अवस्था भयो भने यतावाट हाम्रै पहलमा ल्याएर भने पनि कामलाई गति दिने थियौं ।’ सबै निर्माण सामाग्री आएको खण्डमा तीन महिनामा निर्माणको सबै काम पुरा हुने उनले बताए ।
अहिलेसम्म यहाँ ३ किलोमिटर रन वे निर्माणको काम सम्पन्न भइसकेको छ भने ट्याक्सी वे र एप्रोन निर्माणको कामपनि सकिएको छ । कार्गो टर्मिनलभवनको कामपनिकरिव ५० प्रतिशत सकिएको छ । कार्गो टर्मिनल भवन आगामीकात्तिक १२ सम्ममा सम्पन्नगर्ने लक्ष्य लिइएको छ । सेक्युरिटी भवन निर्माणको काम करिव ९० प्रतिशत सकिएको छ ।
त्यस्तै, पोखरा क्षेत्रीय अन्र्तराष्टिय विमानस्थलमा २ सय ५० चिनियाँ र नेपाली एक सय गरी ३ सय ५० जनाले काम गरि रहेको बताए आयोजना प्रमुख विनेश नुमकर्मीले बताए । उनले केही सामाग्रीहरु केरुङ नाका र कलकता बन्दरगाहमा रोकिए पनि स्टक सामाग्री भएकाले अहिलेसम्म काममा वाधा नआएको बताए । मुनकर्मीले भने, अझै पनि स्टक सामान एक महिनाका लागि छ, केरुंगमा रोकिएका सामान मात्र ल्याउन सकियो भने हरु तीन महिनालाई काम गर्न पुग्छ । आगामी जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि काम प्रगतिका आधारमा लक्ष्यभन्दा ६ महिना अगाडी नै योजना सम्पन्न हुने अपेक्षा गरिएको थियो । अहिले पनि वाहिरवाट सामाग्री ल्याउन लकडाउनले असर नपारेको अवस्थामा तोकिएकै समयमकाम पुरा हुने पनि आयोजना प्रमुख नुमकर्मीले बताए ।