स्वास्थ्य सचेतना अपनाएर हवाईसेवा खोल्ने सरकारको तयारी ( फोटो फिचर तथा भिडियो सहित )

लकडाउन अवधि मै चार पटक गरे मन्त्री भट्टराईले विमानस्थलको निरीक्षण
वेलकम खबर
जेष्ठ १०, २०७७

काठमाडौं । कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यान दिदै पर्यटन मन्त्रालयले सुरक्षित हवाइसेबा सुचारु गर्ने तयारी  गरेको हाे।

स्वास्थ्य सचेतना कायम गरी सुरक्षित तरिकाले हवाई सेवा सञ्चालनको तयारी स्वरुप पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको लकडाउन अवधि मै चाैैथाैै पटक निरीक्षण गर्नु भएको हो ।

 

मन्त्री भट्टराईले विश्व स्वास्थ संगठन (डब्लुएचओ) तथा अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) ले तोकेको मापदण्ड पुरा गरी रहेर त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा हवाई उडान संचालनका लागि तयारी अवस्थामा रहन मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु