सशस्त्र प्रहरीको फौज बोकेर कालापानी उड्यो सेनाको हेलिकप्टर

वेलकम खबर
बैशाख ३१, २०७७

काठमाडौँ, । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ ।

पहिलो चरणमा काठमाडौँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीकाे टाेली लिएर हेलिकप्टर छाङरु उडेको हो ।

छाङरुमा सशस्त्र प्रहरी बलकाे सिमा सुरक्षा चेकपोस्ट(बिओपी) स्थापनाकाे गर्ने तयारी रहेको गृह मन्त्रालय श्रोतए बताएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्ने निर्णय गरेको थियो ।

उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु