लकडाउनले विमानस्थल धावनमार्ग निर्माणमा सहजता (फोटो फिचर तथा भिडियो सहित )

काठमाडौं । लक डाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन् । लकडाउनले गर्दा त्रिभुवन विमानस्थलमा धावन मार्ग निर्माणको काममा सहजता भएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लक डाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम भइरहेको छ ।
धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको बताउनुभयो । । यसैगरी विमानस्थलको ‘डिपार्टिङ वे’ को काम पनि भइरहेको छ । जसका कारण आकाशमा धेरै समय होल्ड हुने खालको ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने मन्त्री भट्टराईले बताउनुभयो ।

आयोजनाको काम सिभिलतर्फ ७४ प्रतिशत सम्पन्न भएको छ । २०७७ असार १० गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल पुस १८ गते निर्माण सम्झौता भएपनि सम्झौता मिति अगावै काम पुरा हुने निर्माण कम्पनीले जनाएको छ । अबको दुई हप्ताभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण कम्पनी कालिका टुण्डी जेभीको सब कन्ट्रयक्टर ए वान विल्डर्स प्रालिले बताएको छ । सिभिल तर्फको बैशाखभित्रै सम्पन्न भएपनि इलेक्ट्रिक तर्फको काममा केही बिलम्ब हुन सक्ने देखिएको छ ।
इलेक्ट्रिक तर्फका सम्पूर्ण सामान बाहिरबाट ल्याउनुपर्ने भएकाले कोरोनाका कारण हवाई सेवा सञ्चालनमा नआए केही समय लाग्ने छ । सामान ढुवानीको अवस्था सहज भए वैशाख भित्र नै काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । अहिले विमानस्थलमा ९२ जना कामदारले काम गरिरहेका छन् ।
भिडियो ः