चीनबाट साढे २७ टन मेडिकल सामग्री ल्याएर आए नेपाल एयरलाइन्सका दुई जहाज

काठमाण्डौ । नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री ल्याएर काठमाडौं आइपुगेका छन्।
मेडिकल सामग्री ल्याउन बिहीबार बेलुका काठमाडौंबाट चीनको ग्वान्जाओ गएका दुई वाइडबडी जहाजले कुल २७।६ टन सामग्री ल्याएर काठमाडौं अवतरण गरेका हुन्। यी जहाज शुक्रबार बिहान आठ बजे काठमाडौंमा विमानस्थल पुगेका थिए।
यी दुई कार्गो उडानका लागि फरक(फरक कम्पनीले चार्टर गरेका थिए। फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले कार्गो उडान चार्टर गरेका थिए।
यी दुबै उडानमा आएका सामग्री गैरसरकारी क्षेत्रबाट अर्डर भएर आएका हुन्।
फ्ल्यास फ्रेट लजिस्टिकले चार्टर गरेको उडानबाट आज १७।७ टन मेडिकल सामग्री नेपाल आइपुगेको छ। उक्त कम्पनीको चार्टर्ड उडानमा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष ९युएनएफपिए०, दूतावास, अन्तर्राष्ट्रिय गैरसकरारी संस्था तथा गैरसरकारी संस्थाहरू र व्यवसायीको सामग्री आएको फ्ल्यास फ्रेटका संस्थापक थोमस मुर्रेले जानकारी दिए।
यसअघि चार्टर गरेको उडानमा फ्ल्यास फ्रेटले जम्मा ७ टनमात्र सामग्री ल्याएको थियो। जहाजको क्षमता तथा पर्याप्त अर्डर सामग्री भएर पनि अघिल्लो पटक चिनियाँ मागअनुसारको डकुमेन्टेसन नमिल्दा थोरै सामग्री ल्याइएको मुर्रेले जानकारी दिए।
ुहामीले अघिल्लो पटकको कामबाट पाठ सिक्यौं। त्यसैले यो पालि पर्याप्त डकुमेन्टेसन गर्यौं। जसका कारण हामीले धेरै सामग्री ल्याउन सक्यौं,ु उनले सेतोपाटीसँग भने।
उनले अझै एउटा कार्गो उडान गर्नेगरी चीनमा सामग्री बाँकी रहेको बताए।
उता सांग्रिला फ्रेटले चार्टर्ड गरेको उडानमा भने जम्मा ९।९ टनमात्र सामग्री आएको छ। सांग्रिलाको चार्टर्ड उडानमा मेडिकल आपूर्ति संघमा आवद्ध व्यवसायी, अस्पतालको सामग्री आएको छ।