यी थिए WHO लाई फंड दिने शीर्ष ५ देश

वेलकम खबर
बैशाख ३, २०७७

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन मार्फत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आर्थिक सहयोग रोक्न आदेश जारी गरेका छन् । अमेरिकी राष्ट्रपतिको विश्व स्वास्थ्य संगठनलाई लामो समयदेखि कोरोनाका खतराहरूबारे थाहा पाइसकेको भएतापनि ढिलो कदम चालेको चीनलाई सपोर्ट गरेको आरोप छ । डब्ल्यूएचओलाई आर्थिक सहयोग गर्नेहरुमा अमेरीका पहिलो स्थानमा थियो । यस्तो अवस्थामा अमेरीकाले फंडीङ रोक्ने निर्णयको दूरगामी परिणाम हुने देखिएको छ ।
डब्ल्यूएचओ लाई फंड दिने प्रमुख पाँच देश (अमेरिकी डलर मा)

  1. अमेरिका : 58 मिलियन
  2. चीन : 29 मिलियन
  3. जापान : 21 मिलियन
  4. जर्मनी : 15 मिलियन
  5. यूके (ब्रिटेन) : 11 मिलियन

कोरोना भाइरसले हाल विश्वका अरबौं मानिसहरुको जनजीवन प्रभावित बनाएको छ । भाइरसको फैलावट रोक्न हाल सबैतिर लकडाउन गर्नुपर्ने बाध्यता छ । लकडाउनले भाइरसको शिकार हुने व्यक्तिको संख्या घटाएता पनि यसले विश्वव्यापी अर्थतन्त्रलाई निकै क्षति पुर्याएको छ

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु