साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर

वेलकम खबर
माघ २९, २०७६

इलाम । देउमाई नगरपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता बीच साना सिंचाई कार्यक्रम कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । देउमाई नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद पोख्रेलको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहाल र साना सिंचाई कार्यक्रमका फिक्कल क्लष्टर संयोजक केशब लामा बीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर पछि नगरप्रमुख पोख्रेलले कार्यक्रमको लक्ष्य उद्देश्य र नगरको प्राथमिकता अनुरुप विपन्न वर्गका कृषकहरुको रोजगारी र कृषि आयमा वृद्धि हुने विश्वास व्यक्त गरे। हाम्रो नगरपालिकामा सिंचाई गर्नका लागि प्रशस्त पानीका स्रोतहरु रहेका छन, यसलाई सिंचाई प्रणालीको माध्यामबाट प्रयोग गर्न सके स्थानीय समुदायको जिवनस्तरमा सुधार हुने नगरप्रमुख पोख्रेलले बताए ।

विपन्न वर्गका कृषकहरुको कृषि आयमा वृद्धि गरि गरिवी न्युनिकरण गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको संयोजक लामाले बताउ। देउमाई नगरपालिकाका विभिन्न वडाहरुबाट माग भई आएका साना सिंचाई योजनाहरु मध्ये साना सिंचाई कार्यक्रमको योजना छनौंटका मूख्य आधारहरु पानीको स्रोतको उपलब्धता, सिंञ्चित हुने जग्गाको क्षेत्रफल, बजारको पहुँच र विपन्न तथा सुविधा बञ्चित समुदायको अवस्था समेतलाई अध्ययन गरि यस आर्थिक वर्षमा तिनवटा योजना सञ्चालन हुने उनको भनाई छ ।

देउमाई नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रेम प्रसाद दाहालले कार्यक्रम अन्तर्गत संचालन हुने सिंचाई योजनाहरु निधारित मापदण्ड अनुरप गुणस्तरी संरचना निर्माण हुने विश्वास व्यक्त गर्नु भयो । उक्त तिन वटै सिंचाई योजनाहरुको भेरिफिकेसन र विस्तृत सर्वेक्षण पुरा गरि परियोजना तयारी प्रतिवेदन  निर्माण अन्तिम चरणमा रहेको सिंचाई इन्जिनियर कैलाश चौधारीले बताए ।

कार्यक्रम इलामका सात वटा स्थानीय तह चुलाचुली, रोङ, माङसेबुङ, सन्दकपुर, इलाम, देउमाई र सूर्योदयमा तथा पाँचथरको दुईवटा मिक्लाजुङ र फिदिम नगरपालिका गरि नौ वटा तहमा सञ्चालन हुनेछ । स्विट्जरल्यण्ड सरकारको ४० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत, स्थानिय सरकारको २० प्रतिशत र लाभान्वित समुदायको १० प्रतिशत वित्तिय साझेदारीमा कार्यक्रम संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु