ताप्लेजुङमा तरुलै तरुल ( फोटो फिचर तथा भिडियो सहित )

ताप्लेजुङ । बुधवार माघे संग्राती मनाउन ताप्लेजुङमा अहिले बजार भरि तरुल तरुल निस्किएको छ । संग्रातीको लागि ताप्लेजुङका हाटबजारमा तरुलको व्यापार बढेको हो । स्थानीय हाटबजारमा तरुल बेच्ने व्यापारीको भीड देखिन थालेको छ । सदरमुकाम फुङलिङका तरकारी तथा फलफूल पसलमा समेत तरुलको मागसँगै आपूर्ति पनि बढेको व्यापारीहरू बताएका छन ।
संक्रान्तिको मुखमा तरुलको व्यापार राम्रो हुने भएकाले ग्रामीण क्षेत्रका किसान तरुल खन्न र बजार ल्याउन व्यस्त देखिएका छन । यतिबेला सदरमुकाम नजीकका मात्र नभई टाढा टाढाका किसानले समेत तरुल ल्याएर विक्री गर्ने गरेको बजारका व्यापारी अस्मिता साँवाले बताउनुभयो ।
संग्रातीमा विशेष तरुल खाने चाड भएको हुदा पनि नि बजारमा तरुलै तरुल भएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष चन्द्रबहादुर पन्दाक बताउनुहुन्छ । फुङलिङ बजारमा शनिवार र मंगलवार लाग्ने हाटबजारमा तरुलै तरुल देखिन्छ ।
वन तरुल कमै मात्रामा पाइने भएकाले अन्य तरुलको भन्दा केही महँगोमा बेच्ने गरिएको किसानहरुको भनाई छ । यहाँका मंगलवार बन तरुल १५० रुपैया ,घर तरुल ५० रुपैया,स्कुसको जरा ९० रुपैया किन बेच भएको छ ।