प्रधानमन्त्री रोजगार कार्यक्रम ताप्लेजुङमा शुरु

ताप्लेजुङ । प्रधानमन्त्री रोजगार कार्यक्रम ताप्लेजुङमा शुरु भएको छ । फुङलिङ नगरपालिकामा आईतवार देखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो ।
फुङलिङ नगरपालिकामा रहेको एक हजार ६८५ जना बेरोजगारहरुलाई रोजगार दिने उद्देश्यले. आईतवार देखि विभिन्न आयोजनामा काम लगाएर रोजगार कार्यक्रम शुरु गरिएको फुङलिङ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले रोजगारको लागि चाहिने आवश्यक सामाग्रीहरु श्रमिकलाई हस्तान्तरण गरेर रोजगार कार्यक्रम शुरु भएको बताए । उनले नगरपालिकाका २८ आयोजनामा काम लगाउने बताउदै रोजगारमा सामेल भएकाहरुलाई दैनिक रुपमा ५१७ देखि माथिको ज्याला दिएर काम लगाउन शुरु गरेका बताए ।
उनले नगरपालिकामा ३५ जनालाईं स्थायी रुपमा मासिक तलब दिएर काम लगाउने समेत घोषणा गरे । रोजगार सेवा केन्द्र संयोजक राजकुमार बाँनियाले आर्थिक बर्ष २०७५।०७६ मा नगरपालिका भित्रका ४१० जनालाई मात्र रोजगारमा सामेल गराउनको लागि ३२ लाख ९० हजार रकम विनियोजन गरको छ भने अन्यलाई अन्यलाई आउदो बर्ष देखि रोजगार दिने बानियाले बताए ।
उनले शैक्षिक विशेष,पारिश्रमिक आधारित,शिप विकासमा बेरोजगारहरुलाई रोजगार दिन सकिने बताए । संयोजक बानियाका अनुसार फुङलिङ वडा १ मा १२० जना २ वडामा २५०जना, ३ वडामा १४९ जना, ४ वडामा ६४ जना,५ वडामा १३२ जना ६ वडामा६५ जना,७ वडामामा ६५जना,८ मा १७४ जना ९वडामा २११ जना,१० वडामा १२९ जना र ११ मा ३२६ जना बेरोजगारहरुले रोजगारको लागि आवेदन दिएका थिए ।