सार्वजनिक यातायातको बढेको भाडा मन्त्रीको निर्देशनपछि स्थगित

वेलकम खबर
जेष्ठ ३१, २०७६

काठमाडौ, । सरकारले १ असारदेखि लागू हुनेगरी बढाएको सार्वजनिक यातायातको नयाँ भाडादर कायम गर्ने निर्णय गरेलगत्तै फिर्ता लिएको छ ।

पेट्रोलियम पदार्थ, गाडीका पार्टपुर्जा तथा गाडीकै मुल्य बढेको र मजदुरको ज्यालापनि वढेको भन्दै सरकारले गाडीभाडा बढाउने निर्णय लिएको थियो ।

यातायत व्यवस्था विभागले भाडा वढाउने निर्णय गरेलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्णय फिर्ता लिन निर्देशन दिनुभएको हो ।

विभागले भाडा वढाउने निर्णय गर्दै नयाँ भाडाको सूचिसमेत सार्वजनिक गरिसकेको थियो । तर मन्त्रीले भाडा वढाउन नमानेपछि विभागले निर्णय स्थगन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु