ताप्लेजुङमा बन्ने भयो रविन्द्र अधिकारी स्मृति पार्क

ताप्लेजुङ । संघीय सरकारको ताप्लेजुङको पाथीभरा क्षेत्रमा हेलिकोप्टर दुर्घटनमा परी निधन भएका मन्त्री रविन्द्र अधिकारीको स्मृति पार्क निर्माण गर्ने भएको छ ।
शहरी मन्त्रालयले आर्थिक बर्ष २०७६।०७७ को कार्यक्रममा स्मृति पार्क सहित ताप्लेजुङ फुङलिङको विकासको लागि एक दर्जन कार्यक्रम राखेको हो ।
प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा जिल्लाको विकासको लागि शहरी विकास मन्त्रालयका भवन निर्माण संहिता, सरकारी भवन निर्माण कार्यक्रम अन्र्तगत फुङलिङ बजार भित्र सभाहल निर्माण, फुङलिङ नगरपालिका पाथीभरामा क्षेत्रमा सभाहल निर्माण ,पाथीभरा क्षेत्रमै बसपार्क डिपिआर तयार गर्ने भनिएको छ ।
त्यसैगरी सघन शहरी विकास कार्यक्रम अन्र्तगत फुङलिङ नगरपालिका वाड नं. १ पोखरेल गाँउ सिग्देलगाँउ नितधारे सडक, फुङलिङ नगरपालिका आम्बोटे तिनधारा डाडागाँउ सिक्देलगाँउ सडक,फुङलिङ बसपार्क निर्माण, फुङलिङ नगरपालिका भित्र रहेका सडक स्तरोन्ती, र फुङलिङ वार्ड नं. १० मा स्व . रविन्द्र अधिकारी स्मृती पार्क निर्माण हुने भएको हो । त्यस्तै जनता आवास कार्यक्रम प्रदेशवाट सञ्चालन हुने गरी एक करोड विनियोजन गरेको हो ।