उद्यमीले जान्नैपर्ने ५ कुरा

१. बजारले के खोजिरहेको छ पत्ता लगाउने
उद्यमीसँग सबै समस्याहरुको समाधान छ भन्दैमा बजारले त्यसैलाई मान्नुपर्छ भन्ने छैन । वस्तु उत्पादन गर्न नसकेर उद्यम असफल हुने होइन, बजार बनाउन नसकेर उत्पादन असफल हुने हो । उत्पादनलाई यस्तो बनाउनुहोस् जुन मानिसहरुले खोज्छन् । जब तपाईं आफूसँग केही ठूलो समस्याको समाधान छ भनेर सोच्नु हुन्छ त्यसबेला समस्या भोगिरहेकाहरूको कुरा सुन्नुस् र उनीहरूकै सल्लाह अनुसारको समाधान खोज्नुहोस् ।
२. काम सरल गर्ने तर सोच फराकिलो राख्ने
जटिल समस्याको सरल समाधान खोज्ने काम नै उद्यमशीलताको आधार हो । त्यसकारण कुनै समस्याको समाधान खोज्नु वा नयाँ प्रबिधि पत्ता लगाउनुअघि कुनै खास ठाउँका प्रयोगकर्ताको सन्तुष्टिलाई लक्ष्य बनाउनुपर्छ तर त्यो प्रबिधि भविष्यमा संसारका असंख्य प्रयोगकर्तामाझ पुग्न सक्छ भन्ने सोच लिनुपर्छ । जस्तो कि गुगल म्यापले स्थानीय आवश्यकतालाई सम्बोधन हुनेगरी साधारण काम गरेको हो तर त्यो सेवालाई पूर्णता दिन अत्यधिक लगानी र जनशक्तिको आवश्यकता पर्दथ्यो जुन काम उसले पूरा गरेरै छाड्यो ।
३. काममा इमानदार मानिस राख्ने र परेको बेला आफ्नै साथीलाई पनि निकाल्न सक्ने
कम्पनीको प्रगतिमा बलिया खम्बा बन्न तयार सहकर्मीmाई मात्र स्वागत गर्नुहोस् । साथीहरु मिलेर कम्पनी खोल्नुभएको छ भने साथीहरुबीचको सम्बन्धले कम्पनीको उत्पादनलाई लाभ गर्छ कि हानी त्यो पनि सोच्नुहोस् । पछि आपसमा कुरा नमिलेर छाड्नुभन्दा सुरुमै गम्भीर कुराकानी गर्नु बेस हुन्छ ।
४. आफ्नो काम र स्वास्थ्यबीच सन्तुलन राख्ने
काम गर्दा आफ्नो स्वास्थ्यको ख्याल नगरेमा पछि गएर समस्या पर्न सक्छ । उद्यमीले चाहिने भन्दा धेरै काम र कम आराम गरेमा स्वास्थ्य नाजुक हुने समय पनि आउन सक्छ । काम गर्दा कुन समयमा बिश्राम चाहिन्छ भन्ने भनेर आफुलाई थाहा हुनुपर्छ ।
५. आवश्यक पर्दा परामर्शदाताको सहयोग लिने
कुनै उद्यमीहरुले सबै कुरा आफैलाई थाहा छ जस्तो गर्छन् । अथवा उनीहरु आफूसँग अरुको मद्दत लिने समय नै छैन जस्तो गर्छन् । तर सफल उद्यमीले त्यसो नगरी परामर्शदाताको सल्लाह सुन्नुपर्छ । उमेर र अनुभवले वरिष्ठ या कनिष्ठ जे भए पनि परामर्शदाताहरू पछि आउने समस्या र समाधानको उपायबारे जानकार हुन्छन् ।